तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा लमजुङ र गोरखामा छात्रवृत्ति वितरण
पाेखरा ।
तमू सांस्कृतिक प्रतिष्ठान नेपालले लमजुङ र गोरखामा छात्रवृत्ति वितरण गरेको छ। शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजन गरी लमजुङ र गोरखाका तमू विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिका सदस्य तारा तमु र कार्यालय सचिव गंगामाया तमु लमजुङको बेसीशहरस्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पाेखरामा ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
असोज ३ पोखरा ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विभिन्न ५ जिल्लाका ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
बिहीबार पोखरामा प्रतिष्ठानले एक कार्यक्रमका बिच कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका ८७ जना विद्यार्थीहरुलाई ‘तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ अन्र्तगत छात्रवृत्ति वितरण गरिएको हो ।
दुई दिनमै पाँच केन्द्रमा प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा कार्यक्रम सम्पन्न
पोखरा ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । ग्रामिण भेगका तमु समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको यो संस्थाको यश कार्यक्रममा प्रमुख अतिथी संस्थाका पूर्व प्रथम उपाध्यक्ष, वर्तमान सल्लाहकार, स्थापनाकालदेखि निरन्तर संस्थाप्रति योगदान पुर्याइरहनुभएका सफल पर्यटन व्यवसायी एवम् धितालकोट टुर एण्ड ट्राभल्स तथा ब्लु स्टार कार्गोका संचालक एवम् प्रबन्ध निर्देशन श्री हर्कबहादुर तमुले संस्थाले गर्दै आएको काममा गर्व महसुस भएको व्यक्त गर्नुभयो ।
प्रतिष्ठानद्वारा प्रथम चरणकाे छात्रवृत्ति छनाैट परिक्षा सम्पन्न
१२ जेठ, पोखरा
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ग्रामीण भेगका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रमको लागि जेठ १२ गते, शनिबार पोखरामा शैक्षिकसत्र २०८१ को लागि प्रथम चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ ।