तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान कोषाध्यक्ष तथा अक्षयकोषदाता भिमकाजी गुरुङलाई पितृशोक

असौज १२ | पोखरा। तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान कोषाध्यक्ष, संस्थापक एवं आजीवन सदस्य तथा अक्षयकोषदाता भिमकाजी गुरुङ लाई  पितृशोक परेको छ । 

भिम काजी गुरुङ र बिष्णु गुरुङ

भिम काजी गुरुङ र बिष्णु गुरुङ 

भिम काजी गुरुङ  नेपाल आदिबासी जनजाति संघका पुर्ब केन्द्रीय सदस्य, नेपाली काङग्रेसका युवा नेता एवं समाजसेवी समेत हुन ।

उहाँको बाबा समाज सेवी हनेरी सेबेदर मेजर स्व.रण बहादुर गुरुङको  हिजो आफ्नै निवास्थान पोखरामा ९४  वर्षको उमेरमा दुःखद निधन भएको हो । 

कास्कीको तप्रांग हाल पोखरा १३  बाजापाटन  घर भएका गुरुङको आज बिहान् पोखरा १० रामघाट स्थित बौद्ध अर्घौ सदनमा अन्त्येष्टि गरिएको छ ।

प्रतिष्ठानका आजीवन सदस्य , अक्षयकोषदाता तथा निवर्तमान कोषाध्यक्ष भीमकाजी तमुको पुज्यनीय बाबा स्व० हनेरी सुबेदार मेजर रण बहादुर गुरुङको पार्थिव शरिरमा अन्तिम शवयात्रा अघि प्रतिष्ठानका सल्लहाकार मेनकाजी तमु, हुम तमु, भूपु अध्यक्ष झम तमु , निवर्तमान अध्यक्ष चिजकाजी तमु साथै अध्यक्ष चित्र बहादुर तमुले पुष्पगुच्छा अर्पण गर्नुभयो । प्रतिष्ठानका कोषाध्यक्ष कौशिला तमु, सचिव भेष तमु, सहकोषाध्यक्ष श्याम तमु , प्रथम उपाध्यक्ष श्रीजङ तमु , उपाध्यक्ष हिरा तमु, सदस्य लक्ष्मी तमु, डमर तमु, साथै सदस्य मणि तमु को पनि उपस्थिति रहेको थियो ।

उहाँको पार्थिव शरिरमा  ५/८ गोर्खा राइफलका भूपू सैनिक.  नेपाली काँग्रेसका भूपू मन्त्रि, सभासदहरु र  लगायतको सदस्हयरुले फूलमाला, खादा र नेपाली काँग्रेसको झन्डा ओडाई  श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्व. गुरुङको २ जना छोरा बुहारीहरु हाल बेलायतमा छन  र १ जना छोरी पोखरामा हुनुहुन्छ । 

 

लोकप्रिय समाचार

LIKE US