तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पाेखरामा ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

असोज ३ पोखरा ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विभिन्न ५ जिल्लाका ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

बिहीबार पोखरामा प्रतिष्ठानले एक कार्यक्रमका बिच कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका ८७ जना विद्यार्थीहरुलाई ‘तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ अन्र्तगत छात्रवृत्ति वितरण गरिएको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सोसल पब्लिक स्कुलका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर तमु , संस्थाका अध्यक्ष चित्रबहादुर तमु, प्रथम उपाध्यक्ष श्रीजङ तमु, सचीव कञ्चन तमु लगायतले छात्रवृत्ति वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिँदै छात्रवृत्ति प्राप्त गर्न सफल हुनु भनेको गरिब भएको कारण नभइ आफ्नो क्षमता र दक्षताले प्राप्त गरेको बताए ।

उनले यसरी सफलता हासिल गरेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गरि आफू योग्य बनेर राष्ट्रको लागि योगदान पुर्याउने देख्न पनि आग्रह गरे ।

कार्यक्रममा चण्डी डाँडा मा.वि.का शिक्षक दिप्तीदत्त अधिकारी, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरु सूर्योदय मा.वि. घाम्राङ, लमजुङमा कक्षा ९ मा अध्ययनरत स्वप्निमा तमु, माउन्ट अन्नपूर्ण मा.वि. नदीपुर, पोखरामा कक्षा ११ अध्ययनरत पूर्णिमा तमुले बोलेका थिए ।

प्रतिष्ठानको छात्रवृत्तिबाट हालसम्म ४४८ जना विद्यार्थीहरु लाभान्वित भइसकेका छन् । भने यस वर्ष विभिन्न जिल्लाका १८७ जना विद्यार्थीहरु छात्रवृत्तिका लागि छनौट भएको संस्थाका अध्यक्ष तमुले जानकारी दिए । उनका अनुसार कक्षा ९ देखी १२ कक्षासम्म लगातार ४ बर्ष छात्रवृत्ति प्राप्त गर्ने यस कार्यक्रम अनुसार यो शैक्षिकसत्रमा ८४ जना कक्षा ९ का लागि नयाँ विद्यार्थीहरु लिखित र मौखिक परीक्षाबाट प्रतिस्पर्धा गरि छनौट भएका थिए ।

यस्तै संस्थाले यही असोज ५ गते गोरखा र लमजुङका बाँकी क्षेत्रमा छात्रवृत्ति वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत र सचिव कञ्चन तमुले सञ्चालन गरेकी थिइन् ।

लोकप्रिय समाचार

LIKE US