तमु संस्कृतिक प्रतिष्ठान नेपालले गोरखाका तमू विद्दार्थीलाई छात्रवृति प्रदान
गोरखाका तमू विद्दार्थीलाई छात्रवृति प्रदान
२०७६, १७ आश्विन शुक्रबार/ गोरखा, १७ असोज।
“उच्च शिक्षा हाम्रो लक्ष्य” भन्ने मुल नारा बोकेको यस तमु संस्कृतिक प्रतिष्ठान नेपालले आज विहिबार गोरखाका बिभिन्न गाउका करीव २० तमू विद्दार्थीहरुलाई तमु सास्कृतिक प्रतिष्ठान नेपाल द्वारा छात्रवृति वितरण गरीएको छ ।
तमु ह्युल छोज धी (गुरुङ राष्ट्रीय परीषद ) गोरखाको कार्यालय हलमा सम्पन्न उक्त कार्यक्रममा विगत दुई वर्ष अघि देखि छात्रवृति लिदै आएको पूरानो २० जना र नया २ जना गरी जम्मा २२ जना भए पनि २ जना अनुपस्थिति भएकोले २० जनालाई मात्र छात्रवृति प्रदान गरेको छ |
कार्यक्रम तमु ह्युल छोज धी (गुरुङ राष्ट्रीय परीषद) गोरखाको सहकार्यमा, तमु प्ये ल्हु संघ गोरखा, तमु ह्युलास्यो गोरखा, तमु जागृति महिला गोरखा र नगर कमिटि गोरखाको उपस्थितिमा भएको थियो । तमु ह्युल छोज धी (गुरुङ राष्ट्रीय परीषद) गोरखाको अध्यक्ष राम बहादुर तमुको प्रमुख आतिथ्यतामा सभापतित्व ग्रहण तमु सास्कृतिक प्रतिष्ठानको द्वितीय उपाध्यक्ष हिरा देवी तमुले गर्नुभएको थियो भने कार्यक्रम प्रतिष्ठानकै सदस्य लोक बहादुर तमुले सञ्चालन गर्नु भएको थियो ।
पोखराबाट आजको कार्यक्रमको निम्ति प्रतिष्ठानका द्वितीय उपाध्यक्ष हिरा देवी तमु , कोषाध्यक्ष कौशिला तमु, सह-कोषाध्यक्ष श्याम तमु, वेबसाइट प्रबन्धक एवं सदस्य मणि लाल तमु, कार्यसमिति सदस्य लक्ष्मी तमु, लोक तमु र छ्याजालो न्युजका अध्यक्ष तिलक तमु पुगेका थिए । स्मरण रहोस, हाल प्रतिष्ठानले १७ जिल्लाका ९० जना कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत तमु विध्यार्थीहरुलाई वार्षिक जनही रु ८००० हजारका दरले वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।