तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा पुनः चिजकाजी तमु

पोखरा | उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित भई नेपालमा सेवारत तमु साँस्कृतिक प्रतिष्ठान नेपालको शुक्रवार पोखरामा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेनले पुनः चिजकाजी तमुको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

पोखरा ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजकोमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा हर्कबहादुर तमु, उपाध्यक्षहरुमा चित्रबहादुर तमु, दिलमाया तमु, हिरा देवी तमु, सचिवमा श्रीजंग तमु, सहसचिवमा भेषबहादुर तमु, कोषाध्यक्षमा भिमकाजी तमु, सहकोषाध्यक्षमा कौशिला तमु चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा डमरबहादुर तमु, मनिलाल तमु, कञ्चन तमु, धनकुमारी तमु, युगबहादुर तमु र सुर्यबहादुर तमु निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेतृत्व चयनका लागि सल्लाहकार तेजबहादुर तमुको संयोजकत्वमा कर्णबहादुर तमु र मेनकाजी तमु रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार बौद्ध अर्घौं सदनका अध्यक्ष क्याप्टेन भुवनसिं तमुले शिक्षा लगायत सुचना र प्रविधी क्षेत्रमा तमुहरुले जोड दिनुपर्ने बताउनुभयो । यो प्रतिस्पर्धाको युगमा शिक्षा, र सुचना प्रविधीमा विशेष जोड नदिए तमुहरु पछि पर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानबाट विगतदेखि छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुको अभिलेखिकरण र सम्पर्क गरिरहन सुझाव दिनुभयो ।

tamu1

विशेष अतिथि सल्लाहकार शिक्षाविद गणेशबहादुर तमुले तमुहरुको एकता विना अधिकार प्राप्ति नहुने बताउनुभयो । उहाँले २०५२ सालमा आफुले प्रस्तुत गरेको विधान लत्याएका कारण तमु संघ संस्थामा मतभेद आएको बताउनुहुदै तमु धिं नेपाल र तमु ह्युल छोंज धिं एकता नभई तमुहरुले शक्ति र सम्मान प्राप्त गर्न नसक्ने दावी गर्नुभयो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै प्रतिष्ठानका सल्लाहकार तेजबहादुर तमुले छात्रवृत्तिका लागि १ लाख २५ हजार र तमु धिं युकेका महासचिव हरी तमुले १ लाख २५ हजार प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो । साधारणसभामा सचिव श्रीजंग तमुद्धारा प्रस्तुत प्रगति प्रतिवेदन र सहकोषाध्यक्ष डमरबहादुर तमुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार प्रा.डा.विरेन्द्र सिंह तमु, तमु प्ये ल्हु संघका द्धितिय उपाध्यक्ष पोमबहादुर तमु, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमु लगायतले शुभकामाना व्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष चित्रबहादुर तमुले स्वागत र सचिव श्रीजंग तमुले स्वागत गर्नुभएको थियो ।

लोकप्रिय समाचार

LIKE US