तमु सांस्कृतिक प्रतिष्ठानको उद्देश्यहरु

यस तमु सांस्कृतिक प्रतिष्ठान नेपालको निम्न उद्देस्यहरु रहेका छन् :


१) तमु(गुरुङ) जातिको इतिहास, भाषा, धर्म संस्कार र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने तमु व्यक्तित्व एवं संस्थालाई नगद तथा कदरपत्रले विभूषित गरि अभिनन्दन गर्ने |

२) सम्पूर्ण तमु युवायुवतीलाई उच्च शिक्षा प्रति आकर्षित गर्न प्रतिष्ठान उच्च शिक्षा छात्रवृति प्रदान  गर्ने |

३) अक्षयकोषको स्थापना गरि ग्रामिण भेगका मा.वि. तहमा अध्ययनरत विधार्थीलै छात्रवृत्ति प्रदान गर्ने |

४) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विविध विधामा ख्याती कमाएका तमु व्यक्तित्वहरुलाई नगद तथा कदरपत्रका सात अभिन्दन गर्ने |

५) तमु जातिको इतिहास, भाषा धर्म र संस्कृतिका विषयलाई लिएर समयसमयमा अन्तर्क्रिया कार्यक्रम र प्रवचन गोष्ठीहरुको आयोजना गर्ने |

६) आफ्नो मौलिक संस्कृति एवं सांस्कृतिक निधिहरुको उचित संरक्षण, सम्बर्द्धन र उत्थानमा जोड दिने |

७) आर्थिक तथा सामाजिक क्षेत्रमा पिछडिएका तमु जातिलाई मुलुकको हरेक क्षेत्रमा अगाडी बढ्न प्रेरक भूमिका खेल्ने |

८) समाजमा व्याप्त कुरीति, विकृति र विसंगतिहरुला हटाउन सामाजिक जागरणका कार्यक्रमहरु संचालन गर्ने |

९) अन्य संघ-संस्थाहरुसंग आवस्यक सर-सहयोग ग समन्वय कायम राख्दै तमु जातिको व्यापक हित र कल्याणको लागि समर्पित रहने |

 

लोकप्रिय समाचार

LIKE US