तमु सांस्कृतिक प्रतिष्ठानको संक्षिप्त जानकारी
वि.सं. २०५८ सालमा विधिवत रुपमा स्थापना भएको "तमु सांस्कृतिक प्रतिष्ठान नेपाल' तमु जातिको पछिल्लो पिढीलाई शिक्ष क्षेत्रमा प्रोत्साहित गर्ने उद्दिश्यले केहि जागरुक युवाहरूको प्रयासबाट विदेशी भूमिमा जापानमा गठन भएको हो |
वैदेशिक रोजगारको क्रममा त्यहाँ पुगेका ति युवाहरुले शिक्षा नै व्यक्ति, समुदाय र राष्ट्र विकासको मेरुदण्ड हो बन्ने बुझेर सोहि वर्ष देखि नै अक्षयकोषको स्थापना गरि उच्च शिक्षाको धोका मानिने एस.एल.सी.मा उतिर्ण सर्वोत्कृष्ट तमु विद्यार्थीलाई पुरस्कृत गर्ने कामको थालनी गरेको हो |
साथै तमु(गुरुङ) इतिहाश, भाषा, धर्म, संस्कार र संस्कृतिको अध्ययानानुसंधानमा योगदान पुर्याएका व्यक्तिलाई अभिनान्दन गर्ने काम पनि संगसगै गर्दै आएको छ |
संस्थाले २०६५ साल देखि स्वदेश तथा विदेशमा रहेका ब्यक्ति तथा संस्थाहरुको सहयोगबाट छात्रवृत्ति अक्षयकोषको स्थापना गरि ग्रामिण भेगका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई माध्यमिक तहमा छात्रवृत्ति प्रदान गर्ने काम गर्दै आइरहेको छ |
यहाँ संस्थाले एउटा जातिको मात्र पक्ष लिएको हो कि भन्ने लाग्न सक्छ | तर बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसांस्कृति भएको हाम्रो देश नेपालमा गुरुङ(तमु) पनि एक प्रमू जाति भएकोले यस जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण संगसंगै शिक्षाले उन्मुख बने देश विकासको मूल प्रवाहसँग जोड्न जरुरी हुन्छ |तसर्थ संस्थाको प्रमुख उद्देश्य नै तमु समुदायको शैक्षिक स्तरमा वृद्धि गराई राष्ट्रको लागि जिम्मेवार नागरिक बनाउने रहेको छ |
शिक्षा संगसंगै तमु भाषा, संस्कार र संस्कृतिको विकास र सम्बर्द्धनमा क्रियाशील रहने उद्देस्यले वेलाबखत सम्बधित विग्यहरुसंगको छलफल र बहसमूलक कार्यक्रमको आयोजना गर्नुका साथै हाम्रो मौलिक संस्कृतिको जगेर्नामा टेवा पुग्ने गरि विविध प्रतियोगिता मुलक सांस्कृतिक कार्यक्रमहरुको आयोजना पनि प्रतिष्ठानले गर्दछ |
त्यसै गरि गरि २०७२ सालको विनासकारी भुइचालोबाट प्रभावित क्षेत्रका बालबालिकाको शैक्षिक अवस्थालाई ध्यानमा राखि संस्थाले २०७३ र २०७४ सालको सम्पूर्ण छात्रवृत्ति कार्यक्रम भूकम्प प्रभावित गोरखा र लमजुङ जिल्लामा वितरण गर्ने निर्णय गर्यो |जस अन्तरगत सो जिल्लाहरुका दूर्गम तथा अति विकट गाउँका ५४ जना तमु विद्यार्थीहरुलाई छनौटको आधारमा छात्रवृति प्रदान गर्ने काम सम्पन्न भएको छ |
प्रारम्भमा सानो सोच लिएर स्थापन भएको यस प्रतिष्ठानलाइ देश विदेशमा रहेका संघ संस्था एवं महानुभावहरुको माया र सहयोग प्राप्त भएकै कारण छोटो समयमा नै झंगिना सकेको हो | शिक्षाले नै जीवनलाई प्रगति पथमा अगाडी बढाऊछ | शिक्षक महत्वलाई कम आँकडा गर्ने तमु समाजमा प्रतिष्ठानले गर्दै आएको प्रयास प्रभावकारी र उपलब्धी मूलक रहेको पाईन्छ |
देश संघियतामा गइ सकेको छ | संघियता भनेकै विकेन्द्रीकरण हो | सबै प्रदेश अधिकार सम्पन्न हुने हुनाले एकार्कले आफ्नो प्रदेशको विकास र समुन्नतिमा विभिन्न तवरले सहभागी जनाउन र आफ्नो महत्व दर्शाउन जरुरी हुन्छ |
यसमा शिक्षाको भूमिका अहम रहन्छा | होइन भने पुन: पछाडी पर्ने निश्चित छ | तसर्थ अबको पिढी शिक्षित हुनको विकल्प छैन | यसकारण पनि प्रतिष्ठानले गर्दै आएको कामको महत्व अझ बढ्दै जाने छ |
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यासमिति सदस्य २०७६-२०७९