तमु सांस्कृतिक प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुलाई एक कार्यक्रम वीच छात्रवृत्ति वितरण गरेको छ । ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ शनिबार भएको कार्यक्रममा ८३ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो ।
स्याङजा, पर्वत, लम्जुङ, तनहुँ र गोरखाका विभिन्न विद्यालयमा अध्यायनरत छात्रछात्राहरुलार्य वितरण गरिएको हो । कार्यक्रममा उद्घाटन कादुरीका डाक्टर इन्जिनियर नारायण गुरुङले गरेका थिए । उक्त अवसरमा बोल्दै, डा. गुरुङले छात्रवृत्ति प्रप्त गरेका विद्यार्थीहरुलाई दुरपयोग नभइ सदुपयोग गर्नका लागि आग्रह गर्नुभयो ।
विद्यार्थीहरु शिक्षालाई खेलाचीको रुपमा नलन आग्रह गर्दै उहाँले आत्मविश्वासका साथ अघि वढ्नुका साथै मेहनतलाई निरन्तरता दिए, भाग्यले खोजीखोजी आउने विश्वास व्यक्त गरे । शिक्षा कहिल्यै पूरा नहुँने बताउदै गुरुङले बचुनजेल विभिन्न रुपबाट केहीन केही सिक्नुपर्ने जीवनको यथार्थ भएको सुनाय । कार्यक्रममा तमु प्रज्ञीक तथा व्यवसायी मञ्चका अध्यक्ष रत्नमान गुरुङ, प्रतिष्ठानका सल्लाहकार तथा अक्षकोषदाता तेज बहादुर गुरुङले शिक्षालाई प्राथमिकता दिए जुनसुुकै उद्देश्य पूरा गर्न सकिने बारे बोल्नुभएको थियो ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको तर्पmबाट बोल्दै मादि गाउँपालिका १ सिक्लेस स्थित अन्नपूर्ण माविका छात्रा तारा गुरुङले निकै ठूलो राहत मिलेको र उर्जाका साथ शिक्षालाई अघि वढाउने बताए । तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्रीजङ गुरुङले राखेका थिए भने, सचिव कञ्चन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।