तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई तमु (गुरुङ) समाज कतार द्वारा छात्रवृत्ति अक्षयकोषको लागि रु.१,२५,०००/- हस्तान्तरण

तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई तमु (गुरुङ) समाज कतार द्वारा छात्रवृत्ति अक्षयकोषको लागि रु.१,२५,०००/- हस्तान्तरण 

तमु (गुरुङ) समाज कतार द्वारा पोखरामा परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न।
बैसाख १७, २०७९ | पोखरा

तमु (गुरुङ) समाज कतार द्वारा “तमुहरुको एकता,आजको आवश्यक्ता” भन्ने मुल नारालाई आत्मासाथ गर्दै तमु धीं नेपाल पोखराको सभाहलमा आयोजना गरिएको परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।


हाल नेपाल घर बिदामा आउनुभएको समाजका अध्यक्ष खुशीमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तमू धीं नेपालका अध्यक्ष हुम गुरुङ हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थालाई बिभिन्न क्षेत्रबाट सहयोग पुराउनु भएको ब्यक्तित्वहरुलाई र तमुको उद्गमस्थल क्होला सोंथरको सफल अवलोकन भ्रमण पुरा गरि फर्केका तमु (गुरुङ) समाज कतारका सदस्यहरुलाई गुरुङ संस्कार अनुसार फेटा लगाई प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा हिमाली सांस्कृतिक परिवार नेपालका अध्यक्ष ज्ञान बहादुर थापा, गुरुङ फिल्म एसोसिएसन नेपालका अध्यक्ष गुञ्ज बहादुर गुरुङ, तमु (गुरुङ) समाज कतारका पुर्व अध्यक्ष विमल गुरुङ, संजीवनी दिदीबहिनी केन्द्रकी संस्थापक अध्यक्ष बिना गुरुङ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका सचिब आश बहादुर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ, तमु प्ये ल्हु संघ क्ल्हेप्री समिति केन्द्रिय सचिब तोरण टु क्ल्हेप्री गुरुङले आफ्ना शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा तमू सास्कृतिक प्रतिष्ठान नेपाललाई एकजना बिपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षय कोष स्थापना गर्नको लागी एक लाख पच्चिस हजार रुपिया(रु १२५०००/-) प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ, उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव भेष गुरुङ, कोषाध्यक्ष श्याम गुरुङ र प्रचारप्रसार संयोजक/सदस्य मणी सरब्ज तमुलाई समाजका अध्यक्ष खुसि मान गुरुङ्गले हस्तान्तरण गर्नु भयो । समाजले यसभन्दा पहिले पनि प्रतिष्ठानमा ३ जना बिपन्न तथा जेहेन्दार विधार्थीहरुको लागि तीन लाख पचहत्तर रुपियाँ( रु ३,७५,०००/-)को छात्रवृत्ति अक्षयकोष स्थापना गरि सकेका छन् |

कार्यकम स्याङ्जाका मृगौला रोग पिडित अजय कुमार गुरुङलाई १०५०००/-(एक लाख पाँच हजार) स्वास्थ्य उपचारका लागि समाजका अध्यक्षले हस्तान्तरण गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथिले तमुहरुको सामाजिक संस्था तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र तमु धीं नेपाल एकता हुन अन्तिम् चरणमा रहेको र चुनाव पछि तुरुन्त बार्ता हुने जानकारी दिनु भयो। तमु एकताको लागी आफु आफ्नो कार्यकालको शुरुबाट नै लागी परेको भन्नु भयो। तमुहरुमा “म” “होईन “हामी भन्ने भावना छ भन्ने कुरा राख्दै , तमु एकता बिथोल्न अनेक षढ्यन्त्र भएको थियो र अझै पनि तमुहरु सचेत हुनु पर्दछ भन्नु भयो। नजिकै आई रहेको चुनावमा आफ्नो जन प्रतिनिधी चुन्नमा ध्यान पुराउनु पर्नेमा जोड दिनु भयो।

अन्तमा कार्यक्रमका एवं तमु (गुरुङ) समाज कतारका अध्यक्ष खुशीमान गुरुङले समाजले गर्दै आएको गतिविधिहरुमा प्रकाश पर्दै निकट भविष्यमा पनि विभिन्न संघ संस्थाहरु संग समन्वय गरेर अगाडी बढ्ने साथै गर्दै आई रहेको सहयोगहरुलाई निरन्तरता दिने जानकारी दिनु भयो र संस्थालाई सहयोग पुराउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन भएको थियो।

कार्यक्रमका स्वागत मन्तब्य संस्थाका सल्लाहकार दील कुमारी गुरुङले राख्नु भएको थियो भने कर्यक्रम सञ्चालन प्रतिमा गुरुङले गर्नु भएको थियो।

फोटो एल्बम

फोटो हेर्न तलको फेसबुक लिंकमा क्लिक गर्नु होला

तमु (गुरुङ) समाज कतार द्वारा पोखरामा परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न।https://www.facebook.com/media/set/?set=a.1683128358692537&type=3

लोकप्रिय समाचार

LIKE US