हङकङ निवासी गुरुङले बाबा आमाको स्मृतिमा २ लाख ५० हजार रुपैयाँ अक्षयकोष स्थापना

पोखरा, १८ पुस। तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई बुधवार पोखरामा आयोजित कार्यक्रममा हङकङ निवासी सफल व्यवसायी एवम समाजसेवी यमकुमार (त्रिलोक) गुरुङले २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।

गैर आवासीय नेपाल संघ (एनआरएन) हङकङका पूर्व अध्यक्ष, एशिया प्यासिफिकका संयोजक समेत रहीसकेका समाजसेवी गुरुङले आफ्नो बाबा आमाको स्मृतिमा हालै स्थापना गरेको अमर–धन स्मृति प्रतिष्ठान मार्फत वार्षिक २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त रकम प्रतिष्ठान नेपालका चिजकाजी गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गदै उनले प्रतिष्ठानको अत्यन्तै उदाहरणीय अभियानमा भविष्यमा कोष थप्दै जाने बताए। आफ्ना स्वर्गीय बुबाको मार्गनिदेर्शन, एकेन्द्र गुरुङ सरको प्रेरणाबाट तमु धिं युकेको मार्फत गतवर्ष नै छात्रवृत्तिको लागि युकेमा अक्षयकोष घोषणा गरेको रकम हस्तान्तरण गने अवसर बल्ल जुरेको उनले बताए। बुबा आमाको स्मृतिमा स्थापना गरेको प्रतिष्ठानबाट अत्यन्तै उपयोगी अभियानमा पहिलो अक्षयकोष स्थापना गर्न पाउदा आफैलाई भाग्यशाली महसुस भएको उनको भनाइ थियो।

प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले प्रतिष्ठानको स्थापनाको उद्देश्य र प्रतिष्ठानले गतिविधि जानकारी गराउँदै अक्षयकोषदाता त्रिलोक गुरुङ तथा परिवारलाई धन्यवाद व्यक्त गरे।

२०५८ सालमा जापानबाट शुरु भएको प्रतिष्ठानले शुरुमा एसएलसी टपरहरुलाई पुरस्कृत, राज्यको दृष्टि पुग्न नसकेको तमु श्रष्टाहरुलाई सम्मानसहित हाल १३ जिल्लाका ८१ जना ग्रामीण भेकका तमु विद्यार्थीहरुलाई वार्षिक ८/८ हजार छात्रवृत्ति प्रदान गदै आइरहेको जानकारी दिए। यसरी नै प्रतिष्ठानले उत्कृष्ठ आमा सम्मान, संस्कृतिकर्मी, पत्रकार, समाजसेवीलाई सम्मानसहित उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई प्रोत्साहन गरिरहेको बताए।

अक्षयकोष रकम हस्तान्तरण कार्यक्रम संयोजन गरेएका सामाजिक तथा सकरात्मक सोंचका अभियन्ता, तमु धिं युके एवं एनआरएन युकेका पूर्व अध्यक्ष मेजर डमर घलेले प्रतिष्ठानको उदाहरणीय अभियानमा प्रतिष्ठित व्यक्तित्व शेष घले, त्रिलोक गुरुङहरुलाई जोड्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए।

कार्यक्रम सञ्चालन संचारकर्मी रोशनी तमुले गरेकी थिइन्। कार्यक्रममा अक्षयकोषदाता त्रिलोक गुरुङ लगायत उनका परिवारलाई प्रतिष्ठान र मेजर डमर घलेले खादा र बुकेबाट स्वागत गरिएको थियो।

लोकप्रिय समाचार

LIKE US