युकेका डेबिड र अमेरिकाका कर्मा गुरुङलाई पोखराको संघ-संस्थाद्वारा स्वागत सहित सम्मान

तमु धिं युकेका सल्लाहकार तथा तमु सांस्कृतिक प्रतिष्ठान नेपालका गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिक अक्षयकोष दाता डेविड गुरुङ र भुटानिज बुद्धिस्ट सोसाइटी ऑफ आइवा संस्थापक अध्यक्ष तथा गुरुङ भाषा सम्रक्षण अभियन्ता कर्मा गुरुङलाई पोखराको संघ-संस्थाहरुद्वारा स्वागत सहित सम्मान गरेको छ ।

विदेशबाट पोखरा आउनु भएका तमु समुदायका अग्रज एवम समाजसेवी कर्मा गुरुङ र डेविड गुरुङलाई पोखरा रानीपौवा स्थित तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यालयमा प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, सल्लहाकार गिरिप्रसाद गुरुङ, सदस्य सचिव भेष गुरुङ, प्रचारप्रसार संयोजक एवं वेबसाइट प्रबन्धक मणी गुरुङ, कोषाध्यक्ष श्याम गुरुङ, सह कोषाध्यक्ष र अन्य सदस्यहरुले फेटा, खादा र बुकेले स्वागत सम्मान गरेको हो । अतिथिहरुलाई स्वागत पछी निवर्तमान र बर्तमान अध्य्यक्ष गुरुङले प्रतिष्ठानको गतिविधिहरुको बारेमा जानकारी दिनु भयो |

कार्यक्रममा अतिथि  तमु धिं युकेका सल्लाहकार एवम तमु धिं लण्डन ईकाका पुर्व अध्यक्ष तथा अक्षयकोष दाता डेविड गुरुङ र  भुटानिज बुद्धिस्ट सोसाइटी ऑफ आइवाका संस्थापक अध्यक्ष कर्मा गुरुङले स्वागत सम्मानका लागि धन्यवाद दिनुहुदै तमुहरुको गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ उच्चा शिक्षा दिनको लागि "उच्चा शिक्षा हाम्रो लक्ष्य!" भन्ने नारालाई आत्मसात गरि लागी परिरहेको प्रतिष्ठान आफ्नो लक्ष्यमा अगाडी बढिरहनु होला र प्रतिष्ठानलाई आर्थिक, भौतिक र नैतिक सहयोग दिनेछु भन्नु भयो | उक्त अवसरमा अतिथि कर्म गुरुङले १० हजार र अक्षयकोष दाता डेविड गुरुङले ५ हजार रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । अक्षयकोष दाता डेविड गुरुङले अर्को महिना फेरी १०० पाउण्ड (रु.१६०००/-)हजार युकेबाट पठाई दिने बचनबद्धता गर्नु भयो |

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिको कार्यालयमा तमु धिं नेपालका अध्यक्ष एवम तमु कलाकार संघका सल्लाहकार हुमबहादुर गुरुङ, कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, संघका संस्थापक अध्यक्ष दुर्गा गुरुङले फेटा, खादा र बुकेले स्वागत सम्मान गरेको हो । अतिथिहरुलाई स्वागतका लागि कलाकारहरुले गीत समेत प्रस्तुतिले कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो ।

कार्यक्रममा अतिथि भुटानिज बुद्धिस्ट सोसाइटी ऑफ आइवा संस्थापक अध्यक्ष तथा गुरुङ भाषा सम्रक्षण अभियन्ता कर्मा गुरुङले स्वागत सम्मानका लागि धन्यवाद दिनुहुदै तमुहरुको एकता, मौलिकताको संरक्षण र विकासका लागि तमु संघ संस्था एवम कलाकारहरुको विशेष भुमिकाको प्रसंशा गर्नुभयो। उक्त अवसरमा अतिथि गुरुङले तमु कलाकार संघ गण्डकीलाई ५हजार रुपैया सहयोग प्रदान गर्नुभएको थियो ।

यसरी नै अर्का अतिथि तमु धिं युकेका सल्लाहकार एवम तमु धिं लण्डन ईकाका पुर्व अध्यक्ष डेविड गुरुङले तमुहरुको एकता, सामुहिकताले नै अग्रगति लिन सकिने बताउनुभयो । उहाँले तमु कलाकारहरुको भुमिकाले तमुहरुलाई एउटै मालामा गाँस्न थप टेवा पुग्ने भन्नुहुदै कलाकारहरुलाई आगामी दिनमा आफुहरुको तर्फबाट आमन्त्रणका लागि पहल गर्ने समेत बताउनुभयो। समाजसेवी गुरुङले पनि तमु कलाकार संघ गण्डकीलाई ५हजार रुपैया सहयोग प्रदान गर्नुभएको थियो।

यसरी नै तमु धिं नेपालका अध्यक्ष, हुमबहादुर गुरुङले अतिथिहरुलाई स्वागत गर्नुहुदै तमुहरु जहाँरहे पनि एक हौं भन्ने भावना जरुरी रहेको भन्दै तमु समुदायका अग्रजहरुको नेपाल बसाई उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो।

तमु(गुरुङ)कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले पाहुनाहरुलाई स्वागत गर्नुहुदै कलाकारिता क्षेत्रबाट तमुहरुलाई भावनात्मक एकता र कला सँस्कृतिमा कलाकार संघ सधै जुटिरहेको बताउनुभयो।

यसरि नै तमु प्ये ल्हु संघ नेपालक केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ र स्टार स्टुडियो संचालक जस्सु गुरुङले पनि दुवै अतिथिहरुलाई आफना कार्यलयमा आमन्त्रण गरि फेटा, खादा र बुकेले स्वागत सम्मान गरेको थियो |

छोटो समयको आमन्त्रणलाई स्विकार गरि आईदिनुभएकोमा समाजसेवीद्धयलाई संघ-संस्थाका अध्यक्षहरुले धन्यवाद व्यक्त गर्नुभयो।