तमु सांस्कृतिक प्रतिष्ठान नेपाल द्वारा जेहेन्दार बिद्ध्यार्थीहरुलाई छात्रवृति वितरण

 
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले जिल्लाका २६ बिद्ध्यार्थीहरुलाई छात्रवृति रकम उपलब्ध गराएको छ | “उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूलनाराका साथ भुकम्प प्रभावित तमु बालबालिकाहरुका लागि जनही ८ हजारका दरले छात्रवृति रकम उपलब्ध गराएको हो | भुकम्प प्रभावित क्षेत्रमा बिशेष प्रथामिकताका साथ अहिले प्रतिष्ठानले छात्रवृति वितरण गरिरहेको छ | 
               
प्रतिष्ठानले तमु बालबालिकाहरुका लागि छात्रवृति रकम उपलब्ध गराउन थालेको हो | गत वर्ष ११ बालबालिकालाई छात्रवृति रकम उपलब्ध गराएको प्रतिष्ठानले यसवर्ष थप १५ बालबालिकालाई पनि रकम उपलब्ध गराएको छ | गरिब तथा जेहेन्दार बिद्ध्यार्थीहरुलाई लगातार तिन वर्ष सम्म छात्रवृति रकम उपलब्ध गराउने प्रतिष्ठानको अध्यक्ष श्री चिजकाजी तमुले बताए | गत वर्ष छात्रवृति दिएका बिरानी घले , रसमान तमु , बिमला तमु , रबिना घले , सुकमाया तमु , कबिता तमु , पुजा तमु , राजकुमार तमु , विकल तमु , दिपा तमु ,र हरि तमु लाइ यस वर्ष पनि प्रति बिद्ध्यार्थी ८ हजारको दरले रकम उपलब्ध गराएको छ
|
      त्यस्तै यस वर्ष कुमारी तमु , मनिता तमु , निशा तमु , शुष्मा तमु , सितल तमु , आशिका तमु , इच्छा तमु , रोजिना तमु , अस्मिता तमु अलिशा तमु , करुण तमु , समिक्षा तमु , इशारा तमु , नविना तमु र सबिन तमुलाई ८ हजारका दरले छात्रवृति रकम दिइएको हो | तमु प्ये ल्हु संघका अध्यक्ष श्री धन बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्री  तमु , कन्चन  तमु , युग बहादुर  तमु , राजन  तमु , दुर्गा  तमु लगायतले मन्तब्य राखेका थिए |
          सोहि दिन तमु सांस्कृतिक प्रतिष्ठान नेपालले लम्जुङ्ग तमु प्ये ल्हु संघ कार्यालयमा वरिष्ठ उपाध्यक्ष  हर्कबहादुर  तमुज्युको सभापतित्वमा श्री श्रीजंग तमुज्युले कार्यक्रम संचालन गर्नुभएको थियो | लम्जुङ्गमा पनि ६ जना बिद्ध्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो | उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ लम्जुङ्ग जिल्ला शाखाका अध्यक्ष  क्या .  श्री मिल बहादुर  तमु , तमु प्ये ल्हु संघ लम्जुङ्गका सचिब मनमाया  तमु , अभिभावक श्री मकर बहादूर  तमुज्युले मन्तब्य दिनुभएको थियो | तमु सांस्कृतिक प्रतिष्ठान नेपाल द्वारा छात्रवृति वितरण कार्यक्रममा  गोरखाको नेतृत्व अध्यक्ष श्री चिजकाजी तमुले गर्नु भएको थियो भने लम्जुङ्ग को नेतृत्व वरिष्ठ उपाध्यक्ष श्री हर्क बहादुर तमुले  गर्नु भएको थियो |

लोकप्रिय समाचार

LIKE US